प्रतिनिधिसभाको बैठक आज पनि बस्ने, बजेटमाथिको सैद्धान्तिक छलफल जारी


 


काठमाडौं, जेठ १९
प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । बिहान ११ बजे बैठक बस्न लागेको हो ।

संसद सचिवालयका अनुसार बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आइतबार पेश गरेको आर्थिक वर्ष २०७९र०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल आज पनि जारी रहनेछ ।

मंगलबारबाट बजेटमाथिको सैद्धान्तिक छलफल सुरु भएको छ । सांसदहरुले बजेटमाथि आ–आफ्नो धारणा राखिरहेका छन् । यसैबीच, राष्ट्रिय सभाको बैठक पनि आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्न लागेको हो ।

प्रकाशित मिति: १९ जेष्ठ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्