गणतन्त्र संसारकै उत्कृष्ट शासन व्यवस्था हो, प्रतिनिधि सभाको चुनाव यसै वर्ष हुन्छ : देउवा


 


काठमाडौं, जेठ १५
प्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रलाई संसारकै उत्कृष्टमध्येको एक शासन व्यवस्था भएको बताएका छन् ।
आइतवार सैनिक मञ्चमा आयोजित गणतन्त्र दिवसको विशेष समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

प्रधानमन्त्री देउवाले संविधानमार्फत संस्थागत भएको गणतन्त्रको थप विकासका लागि सबै राजनीतक दल र जनताले सहयोग आवश्यक हुने बताए ।

हालै स्थानीय तहको निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातवाराण्मा सम्पन्न भएको र यसै वर्ष प्रदेश र संघीय संसदको निर्वाचन पनि गरिने उनको भनाई छ ।

वि.स. २०७७ देखि २०६२र०६३ जनआन्दोलनसम्मका राजनीतिक क्रान्तिले मुलुकमा गणतन्त्रजस्ता राजनीतिक उपलब्धि प्राप्त भएको र हाल देशमा प्रतिस्पर्धात्मक बहुदलीय शासन प्रणाली स्थापित भएको बताएका छन् ।

स्वतन्त्र र सार्वभौम देशका नागरिक भएको र जनताले चुनेका निर्वाचित प्रतिनिधिबाट शासन प्रणाली सञ्चालन हुनु गर्वको विषय भएको पनि प्रधानमन्त्री देउवाले बताए ।

प्रकाशित मिति: १५ जेष्ठ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्