बालेन मेयरमा निर्वाचित भएको खुसियालीमा विजयी र्‍याली, यस्तो छ रुट


 


काठमाडौं, जेठ १३
काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित बालेन (बालेन्द्र) साहले शुक्रबार धन्यवाद सभा गर्दैछन् । विजयी र्‍याली बिहान साढे ६ बजे राष्ट्रिय सभागृहबाट सुरु हुनेछ ।

सभागृह–भद्रकाली–त्रीपुरेश्वोर–माइतिघर–बबरमहल–बिजुलिबजार–यूएनपार्क–शान्तिनगर–तिनकुने–कोटेश्वोर–जडिबुटी–पेप्सिकोला पुगेर र्‍याली फर्किनेछ ।

कोटेश्वोर–तिनकुने–सिनामङ्गल–तिलगङ्गा–गौशला–चावाहिल–माहारजगन्ज–सामाखुशी–नयाँबसपार्क–स्वयम्भू–सितापाइला–कलंकी–बल्खु–कुलेश्वोर–कालिमाटी–टेकु–त्रिपुरेश्वर–सुन्धारा हुँदै खुलामञ्चमा गएर र्‍याली धन्यवादसभामा परिणत हुने बताइएको छ ।

वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा बालेनले स्वतन्त्र उम्मेदवारी दिएर महानगरको प्रमुख निर्वाचित भएका हुन्।

निकटतम प्रतिद्वन्द्वीभन्दा सुरुदेखि नै निकै मतको अग्रता बनाइरहेका साह विजयी भएका हुन्।

प्रकाशित मिति: १३ जेष्ठ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्