आज जेठ १३ गते शुक्रवार, यस्तो छ तपाईंको राशिफल


 


काठमाडौं । आज २०७९ जेठ १३ गते शुक्रवारको राशिफल ।

मेष

आज नयाँ जिम्मेवारी पाइएला । घरमा अतिथिको आगमन हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । शेयर बजार र सट्टापट्टामा विशेष लाभ मिल्नेछ ।

मिथुन

आज मन मिल्ने साथीको सहयोग मिल्नेछ । जटिल ठानिएको कार्य सम्पादन हुन सक्छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला ।

सिंह

शुभकार्यको चर्चा चल्नेछ । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । दैनिक कार्यमा प्रगति हुनेछ ।

तुला

आज रमणीय र सुखद् यात्राको योग छ । बुद्धि र विवेकको प्रयोग गर्न सकिने समय छ । वित्तिय संस्थाबाट सहयोग पनि मिल्नेछ ।

धनु

स्वादिष्ट भोजन पनि मिल्नेछ । शुभ कार्यको चर्चा चल्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । कामका विभिन्न अवसर फेला पर्ने छन् ।

कुम्भ

पुरानो समस्या सुल्झाउन सकिनेछ । शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् , तर शेयर बजार र ठेक्का पट्टाको काममा भने नोक्सानी हुन सक्छ ।

बृष

आज कार्यमा बाधा आउनेछ । सरकारी निकायको भय रहला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर प्रेम सम्बन्धमा मधुरता छाउनेछ ।

कर्कट

कीर्तिमानी काम गर्ने समय छ । चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनसक्छ छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

कन्या

अनावश्यक यात्रा हुनेछ । वैदेशिक क्षेत्र कमजोर रहनेछ । कार्य सम्पादनमा समस्या आउला, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

बृश्चिक

आज नयाँ कार्यको योजना बन्नेछ । प्रविधि मार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ । नोकरीमा स्थानान्तरण तथा पदोन्नतिको योग छ ।

मकर

आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दिनको उत्तरार्धमा अनावश्यक धन खर्च हुनसक्छ ।

मीन

आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । काम गर्ने जोशजाँगर र उमंग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।

प्रकाशित मिति: १३ जेष्ठ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्