त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हेलिकप्टर दुर्घटना
काठमाडौं, कात्तिक २०
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा श्री एयरको हेलिकप्टर दुर्घटनामा परेको छ ।
जिरीको लागि उड्न लागेको विमानको अगाडि टर्किस एयरको विमान रहेकाले पछाडीबाट हेलिकप्टर उडाउन खोज्दा दुर्घटना भएको श्री एयर कर्पोरेटका निर्देशक अनिल मानन्धरले जानकारी दिए ।
उनका अनुसार दुर्घटनाबाट हेलिकप्टरको पछाडीको भागमा सामान्य क्षति पुगेको छ ।
हेलिकप्टरमा कोही पनि यात्रु नभएकाले त्यस्तो मानवीय क्षति भने भएको छैन ।
प्रकाशित मिति: २० कार्तिक २०७३, शनिबार