काठमाडौं महानगरमा सुनिता डंगोलले कति ल्याईन मत ?
काठमाडौं, जेठ ३
काठमाण्डौ महानगर पालिकाको उपमेयरमा एमालेले अग्रता बढाउँदै लगेको छ । पछिल्लो मत परिणाम अनुसार एमालेकी सुनिता डंगोलले १० हजार मत कटाउनु भएको छ ।
अहिलेसम्म उहाँले १० हजार ४ सय ७७ मत पाउनु भएको छ । एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले ३ हजार ४८ मत ल्याउनु भएको छ ।
प्रकाशित मिति: ३ जेष्ठ २०७९, मंगलबार