उत्तर कोरियामा कोभिडबाट २१ जनाको मृत्यु
प्योङयाङ, जेठ १
उत्तर कोरियामा कोभिडबाट बाट थप २१ जनाको मृत्यु भएको छ ।
उत्तर कोरियाले संक्रमण भएको घोषणा गरेको दुई दिनपछि २१ जनाको मृत्यु भएको घोषणा गरेको हो । कोभिड संक्रमण देखिएपछि देशव्यापी लकडाउन घोषणा गरिएको छ ।
शुक्रबार १ लाख ७४ हजार ४४० जनामा संक्रमण देखिएको जनाएको थियो ।
प्रकाशित मिति: १ जेष्ठ २०७९, आइतबार