१७ पालिकामा मतगणना सकियाे : कुन दलले कति जिते ?


 


काठमाडाैँ, जेठ १
स्थानीय तह निर्वाचन २०७९ अर्न्तगत हालसम्म मतगणना सकिएका १७ पालिकामध्ये नेपाली कांग्रेसले ७ स्थानमा विजय हासिल गरेकाे छ भने नेकपा एमालेले ६ पालिकामा विजयी भएकाे छ ।

त्यस्तै नेकपा एकीकृत समाजवादीले २ र नेकपा माओवादी केन्द्रले २ पालिकाको प्रमुख जितेका छन्।

माओवादी केन्द्रले डोल्पाको जगदुल्ला गाउँपालिकामा एमाले, कांग्रेस, एकीकृत समाजवादीसहितको गठबन्धनलाई पराजित गर्दै अध्यक्ष र उपाध्यक्षसहित बहुमत सिट हासिल गरेकाे छ ।

अहिलेसम्म निर्वाचित भएकामध्ये मनाङको नासोँ गाउँपालिकामा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल थियो। त्यहाँ गठबन्धनबाट कांग्रेसका उम्मेदवार धनबहादुर गुरुङ निर्वाचित भएका छन् भने उपाध्यक्षमा माओवादी केन्द्रका वेदबहादुर गुरुङ निर्वाचित भएका छन् ।

त्यसबाहेक अन्यमा भने दलहरु एक्ला-एक्लै प्रतिस्पर्धामा थिए।  शुक्रबार सम्पन्न स्थानीय तहको चुनावको नतिजा आउने क्रम जारी छ ।

प्रकाशित मिति: १ जेष्ठ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्