भारतीय प्रधानमन्त्री मोदीको भ्रमणमा पश्चिम सेती जलविद्युत् आयोजनाबारे सम्झौता हुनसक्ने


 


काठमाडौं, वैशाख २८
प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्ध जयन्तीका दिन जेठ २ गते भारतका प्रधानमन्त्री नेपाल आउने जानकारी दिएका छन् ।

डडेल्धुरामा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले लुम्बिनीमा हुने कार्यक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफ्नो भेटवार्ता हुने पनि बताए ।

त्यस क्रममा सुदूरपश्चिम क्षेत्रका लागि महत्त्वको पश्चिम सेती जलविद्युत् आयोजना निर्माणमा भारतीय कम्पनीसँग सम्झौताबारे निर्णय हुनसक्ने बताए ।

चीनले बनाएका जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली भारतले खरिद नगर्ने नीति लिएको बताउँदै उनले भारतीय लगानीबाट बनेका भने खरिद गर्ने हुँदा पश्चिम सेतीबारे दुईवटा भारतीय कम्पनी सतलज र आईबीएचएमसँग कुराकानी भएको उल्लेख गरे ।

पश्चिम सेतीसँगै महाकालीको पञ्चेश्वर परियोजनासमेत बनाउने उनले बताए । गोरखापत्र दैनिकबाट

प्रकाशित मिति: २८ बैशाख २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्