गठबन्धनको चुनावी सभा आज पोखरामा, देउवा, प्रचण्डगायतका नेताले सम्बोधन गर्ने


 


काठमाडौं, वैशाख २५
आज सत्ता गठबन्धनले कास्कीको पोखरा महानगरपालिकामा चुनावी सभा गर्दैछ । बिहान ११ बजे चुनावी सभा शुरू गर्ने कार्यतालिका रहेको छ ।

सभामा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायत अन्य नेताहरूले सम्बोधन गर्नेछन् ।

यस्तै दाङको तुलसीपुरमा पनि आजै चुनावी सभा हुनेछ । पोखरामा सभा सकेर सभापति देउवालगायत शीर्ष नेताहरू दाङको तुलसीपुर जानेछन् ।

त्यहाँ दिउँसो २ बजे सभा आयोजनाको तयारी छ । गठबन्धनले वैशाख २१ गतेबाट चुनावी सभा शुरू गरेको थियो ।

प्रकाशित मिति: २५ बैशाख २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्