आजदेखि काँग्रेसको चुनावी सभा : पहिलो दिन विराटनगरमा आमसभा, प्रधानमन्त्री देउवा जाने


 


काठमाडौं, वैशाख २१
नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी देशका १० सहरमा चुनावी सभाको आयोजना गर्दैछ । काँग्रेसका शीर्ष नेताहरूले सम्बोधन गर्ने गरी वैशाख २१ बुधबारदेखि २७ गतेसम्मको चुनावी सभाको तालिका सार्वजनिक गरिएको छ ।

नेपाली काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले स्थानीय तह निर्वाचनको प्रचारप्रसारका लागि स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णयअनुसार चुनावी सभा तय भएको बताए । वैशाख २१ गते मोरङको विराटनगरमा हुने सभालाई प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री विश्वप्रकाश शर्मासहितका नेताहरूले सम्बोधन गर्ने छन् ।

वैशाख २२ गते चितवनको भरतपुरमा चुनावी सभा आयोजना हुनेछ । सभालाई सभापति देउवा, वरिष्ठ नेता पौडेल, महामन्त्री महालक्ष्मी उपाध्याय डिनासहितका नेताहरूले सम्बोधन गर्ने छन् । वैशाख २३ गते काठमाडौँमा चुनावी सभाको आयोजना गरिनेछ ।

उक्त सभामा सभापति देउवा, वरिष्ठ नेता पौडेलसहितका वक्ताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । कांग्रेसले साताव्यापी चुनावी आमसभा आजदेखि सुरू गर्दैछ । वैशाख २७ भित्र कांग्रेसले देशका १० सहरमा आमसभा गर्ने बताएको छ।

प्रकाशित मिति: २१ बैशाख २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्