चुनावी सभालाई सम्बोधन गर्न ओली झापामा


 


काठमाडौं, २० वैशाख
प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा पुगेका छन् । गृह जिल्लासमेत रहेको झापामा चुनावी सभालाई सम्बोधन गर्न ओली झापा पुगेका हुन् ।

युवा नेता इन्द्र भण्डारीका अनुसार अध्यक्ष ओलीले जिल्लाको भद्रपुर, विर्तामोड र धुलाबारीमा हुने चुनावी सभालाई सम्बोधन गर्नेछन् ।

अध्यक्ष ओलीलाई गृह जिल्लामा निर्वाचन जिताउन पाँच दलीय गठबन्धन र राप्रपाका कारण चुनौती थपिँदै गएको छ।

उनको गृह नगर दमकमा पाँच दलीय गठबन्धनले राप्रपासँग सहकार्य गरेको छ । जसले गर्दा दमकमै यस पटक एमालेलाई निर्वाचन जित्न चुनौती थपिएको छ।

स्थानीय तह निर्वाचन आउन भने १० दिन बाँकी छ ।

प्रकाशित मिति: २० बैशाख २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्