आज वैशाख १९ गते सोमबार : यस्तो छ तपाईंको राशिफल


 


काठमाडौं । आज २०७९ बैशाख १९ गते सोमवारको राशिफल ।

मेष

धार्मिक कार्य सफल रहनेछन् । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ ।

मिथुन

परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । सहयोगी र नातागोताको साथ पाइँदैन । स्वास्थ्यमा खर्च बढ्नसक्छ ।

सिंह

आज बोलीको प्रभाव बढ्ने र नयाँ कमको थालनी पनि हुनेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार समेत पाउनेछन् ।

तुला

आज मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन ।

धनु

आज आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

कुम्भ

आफ्नो प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई अघि बढाउँदा राम्रो हुन्छ ।

बृष

ठीक समयमा सही निर्णय लिन सकिनेछ । आँटेको र ताकेको कार्य विस्तारै अघि बढ्ला । अध्ययन अध्यापन सफल नै रहेको छ ।

कर्कट

राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ । नयाँ कमको अवसर फेला पर्ने छन् । सहयोगीहरूको राम्रो साथ प्राप्त हुनेछ ।

कन्या

आज सफल यात्राको योग छ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पार्टनरसिपमा गरिएको कारोबारले पनि राम्रै फाइदा दिनेछ ।

बृश्चिक

आज अधुरा र रोकिएका काम सम्पादन हुने योग छ । साथीभाइहरूसँग भेटघाट हुनेछ । व्यापार व्यवसाय विस्तारै सुधार उन्मुख हुनेछ ।

मकर

आज नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । परोपकारका क्षेत्रमा लगानीको समय छ । मान्यजनको सहयोग प्राप्त हुनेछ ।

मीन

आज राज्यबाट मान सम्मान पाइनेछ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । ढिलै भए पनि अधुरा काम पनि सम्पन्न हुनेछ ।

प्रकाशित मिति: १९ बैशाख २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्