आज बैशाख १८ गते आइतवार, यस्तो छ तपाईंको राशिफल


 


काठमाडौं । आज २०७९ बैशाख १८ गते आइतवारको राशिफल ।

मेष

नयाँ काममा हात हाल्ने र योजना बन्ने समय छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । परिश्रम गर्दा अधिक धनार्जन हुनेछ ।

मिथुन

नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । छोटो दूरीको लाभदायक यात्रा रहनेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहनेछ ।

सिंह

आज सेवामूलक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । आफन्तसँग प्रविधि मार्फत भेटघाट हुनेछ ।

तुला

मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ । गरेका कामबाट राम्रै लाभ होला । बौद्धिकताको विकास पनि हुनेछ । प्राविधिक कार्य राम्रो हुन्छ ।

धनु

राजनैतिक कार्यमा सफलता मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ ।

कुम्भ

शुभकार्यको चर्चा चल्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । पढाइमा प्रगति हुनेछ ।

बृष

आज कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । आर्थिक क्षेत्र र व्यवसाय कमजोर नै रहला ।

कर्कट

आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । लाभदायक योजना बन्ला । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ ।

कन्या

प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । स्वास्थ्य र सौन्दर्यतामा धन खर्च हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ ।

बृश्चिक

आज आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । स्वादिष्ट र मिष्ठान्न भोजनको अवसर पनि प्राप्त हुनसक्छ ।

मकर

मित्रबाट विशेष सहयोग मिल्नेछ । घरायसी कामबाट सफलता मिल्नेछ । अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ ।

मीन

आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । श्रमको पनि उचित मूल्याङ्कन हुनेछ ।

प्रकाशित मिति: १८ बैशाख २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्