पाँच दलीय गठबन्धन बाहिर भएका सबै तालमेल खारेज गर्ने गठबन्धनको निर्णय


 


काठमाडौँ, वैशाख १६ 
सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठकले महानगर र उपमहानगरपालिकामा पाँच दलीय गठबन्धन विपरितका उम्मेदवारी फिर्ता गराउन पहल गर्ने निर्णय गरेको छ ।

त्यस्तै, विभिन्न दलका उम्मेदवारले स्वतन्त्र ढंगले उम्मेदवारी दिएको भएपनि फिर्ता गराउने निर्णय भएको छ  ।

यसका अतिरिक्त, स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धन बाहिर भएका सबै तालमेल खारेज गर्ने र खारेज नगरे सम्बन्धित दलले आफ्ना प्रतिनिधिलाई कारबाही गर्ने निर्णय भएको छ ।

उम्मेदवारी फिर्ता गराउन निर्वाचन आचारसंहित विपरित गृहमन्त्री बालकृष्ण खाँड र राज्यमन्त्री उमेश श्रेष्ठले पहल गरिरहेका छन् ।

प्रकाशित मिति: १६ बैशाख २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्