देशभर एक लाख ५३ हजार १४५ जनाको मनोनयन दर्ता, कुन पालिकामा कति ? [सूचीसहित]


 


काठमाडौं, वैशाख १६
संविधान जारी भएपछि दोस्रो पटक हुन लागेको स्थानीय तह निर्वाचनमा सोमबार ७५३ वटै पालिकामा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले उत्साहजनक रूपमा मनोनयन दर्ता गराएका छन् ।

निर्वाचनमा सत्ता गठबन्धनका पाँच दल र प्रमुख प्रतिपक्ष एमालेबीच मुख्य प्रतिस्पर्धा हुँदै छ । स्थानीय निर्वाचनका लागि एक लाख ५३ हजार १४५ जनाको उमेदवारी मनोनयन दर्ता भएको छ ।

निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार प्रमुखमा तीन हजार ५१८, उपप्रमुखमा दुई हजार १७४ जनाको मनोनय दर्ता भएको छ ।

यसैगरी अध्यक्षमा तीन हजार ३९२, उपाध्यक्षमा दुई हजार ४०७, वडाध्यक्षमा ३५ हजार ३८०, महिला सदस्यमा २६ हजार ५५६, दलित महिला सदस्य २३ हजार ९५१ र सदस्यमा ५५ हजार ७६७ जनाको मनोनयन दर्ता भएको छ । यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदै छ ।

हेर्नुहोस् सूची :

https://drive.google.com/file/d/10yr9yIVTdsU2arKrHWQRxtxHyr1j6Rnc/preview

प्रकाशित मिति: १६ बैशाख २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्