कांग्रेसको घोषणापत्रलाई ओलीले दिए बकवासको संज्ञा


 


काठमाडौं, वैशाख १३
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह चुनावका लागि नेपाली कांग्रेसले ल्याएको घोषणालाई बकवासको संज्ञा दिएका छन् ।

मंगलबार मनमोहन अधिकारीको २३ औं स्मृति दिवसमा बोल्दै ओलीले कांग्रेसको घोषणापत्रलाई ‘बकवास र पागलहरूको प्रलाप’को संज्ञा दिएका हुन् ।

ओलीले घोषणा पत्रमा दर्जनौं ठाउँमा आफ्नो नाम किटेरै तथानाम गाली गरिएको दाबी गरे ।

घोषणा पत्रमा एमालेले गरेको विकासलाई कांग्रेसले ‘उत्ताउलो विकास’ भनेकोमा पनि ओलीले विरोध जनाए ।

प्रकाशित मिति: १३ बैशाख २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्