आज बैशाख १२ गते सोमवार, यस्तो छ राशिफल


 


काठमाडौं । आज २०७९ बैशाख १२ गते सोमवारको राशिफल ।

मेष

आज विशिष्ट व्यक्तिको साथ र सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । पार्टनरसिपको कार्यमा सफलता मिल्नेछ ।

मिथुन

आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । प्रयत्न गरे बढी फाइदा लिन सकिनेछ । पारिवारिक सुख पनि मिल्नेछ ।

सिंह

आज दैनिक कार्यमा प्रगति हुनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।

तुला

महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पाइनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । कुटुम्बको सहयोग मिल्नेछ ।

धनु

आज अधुरो कामको थालनी हुनसक्छ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । प्राविधिक र वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ ।

कुम्भ

आँटेको र ताकेको कार्य पुरा होला । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । व्यापारमा सफलता मिल्नेछ ।

बृष

आज कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभ र नयाँ कार्यको थालनी हुन सक्छ ।

कर्कट

आज आज झुट बोल्न बाध्य भइनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । चञ्चलता र छटपटी बढ्नाले मन कमजोर रहला ।

कन्या

आज नयाँ कार्यको थालनी हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । रमाइलो यात्राको योग रहेको छ । दिनको उत्तरार्ध बढी सुखद् रहनेछ ।

बृश्चिक

आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । मङ्गल कार्यको योजना बन्ने योग छ । चिन्ता छाडेर मनन चिन्तन गर्ने समय छ ।

मकर

आज प्रणयसम्बन्ध बढ्ने समय रहेको छ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । नयाँ र शुभकार्यको चर्चा पनि चल्नेछ ।

मीन

आज चोटपटकको भय छ सचेत रहनुहोला । स्वास्थ्यमा समस्या आउला अतस् स्वास्थ्य प्रति सजगता अपनाउनु पर्नेछ ।

प्रकाशित मिति: १२ बैशाख २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्