उम्मेदवार टुंगो लगाउन कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै


 


काठमाडौँ, वैशाख ९
सत्तारूढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।

दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो ।

आज बस्ने बैठकले स्थानीय तह निर्वाचनका लागि उमेदवारको टुंगो लगाउने छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि यही वैशाख ११ र १२ गते उमेदवारी दर्ता गर्नु पर्नेछ ।

सोही समयसीमालाई मध्येनजर गर्दै बैठक बोलाइएको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रकाशित मिति: ९ बैशाख २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्