आज वैशाख ९ गते शुक्रवार, यस्तो छ राशिफल


 


काठमाडौं । आज २०७९ वैशाख ९ गते शुक्रवारको राशिफल ।

मेष

आज शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । प्रेमीको सहयोग पाइनेछ । विश्वास गरेकाले साथ दिनेछन् ।

मिथुन

आज आफन्त र साथीबाट सहयोग मिल्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । दिनको उत्तरार्धमा स्वास्थ्य बिग्रन सक्छ ।

सिंह

आज आफन्त वा इष्टमित्रसँग पुनर्मिलनको योग रहेको छ । आज सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

तुला

आज बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । सामाजिक उपकारको काममा सहभागी भइएला । बौद्धिकताको विकास पनि हुनेछ ।

धनु

जोशजाँगर र हिम्मत बढ्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । सन्तान सुख पनि मिल्ला, तर भ्रमका पछि दौडनु राम्रो होइन ।

कुम्भ

पारिवारिक सुख एवं सहयोग मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । अधुरा कार्य पूरा गर्न आफन्तबाट सहयोग मिल्नेछ ।

बृष

आज मन खिन्न हुने स्थिति आउनेछ । मानसिक दबाब र तनाव बढेको महसुस हुनेछ । दाम्पत्य जीवनमा मतभेद सिर्जना हुनसक्छ ।

कर्कट

आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । पेशा र व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

कन्या

विवेक, बुद्धि र समुचित अनुमानका कारण यस पटक सामाजिक सम्मान प्राप्त हुनेछ , तर स्वास्थ्य प्रति सजग रहन आवश्यक छ ।

बृश्चिक

आफ्नो इच्छानुसार समय बिताउने अवसर जुर्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

मकर

आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । टाउको एवं आँखा दुख्ने तथा रुघा लाग्ने जस्ता समस्याले पनि सताउन सक्छ ।

मीन

आज बन्धुबान्धवबाट सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ, तर पारिवारिक जीवनमा मतभेद सिर्जना हुनसक्छ ।

प्रकाशित मिति: ९ बैशाख २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्