महानगर र उपमहानगरको भागबन्डा गर्न गठबन्धनका शीर्ष नेताको बैठक बस्दै


 


काठमाडौं, वैशाख ५
सत्ता गठबन्धनका शीर्ष नेताको बैठक आज बस्दै छ । बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

बैठकमा स्थानीय तह निर्वाचनमा गठबन्धनका बीच भागबन्डाका विषयमा छलफल हुनेछ । विशेष गरी महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डामा सकस देखिएको छ ।

आइतबार गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठकमा भागबन्डा टुंग्याई शीर्ष नेतृत्वलाई रिपोर्ट बुझाउने तयारी थियो ।

तर, दलहरू आ-आफ्नै अडानमा रहँदा बैठक निष्कर्षविहीन बन्यो । यही वैशाख ३० गते स्थानीय तह निर्वाचन हुँदै छ ।

प्रकाशित मिति: ५ बैशाख २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्