द्वन्द्वका कारण २५ सय युक्रेनी सैनिकको मृत्यु भएको दाबी


 


एजेन्सी, वैशाख ४
रुस र युक्रेनबीच जारी द्वन्द्वका कारण अहिलेसम्म २५ सयभन्दा बढी युक्रेनी सैनिकको मृत्यु भएको बताइएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अहिलेसम्म २५ सयदेखि तीन हजारसम्म युक्रेनी सैनिकको मृत्यु भएको दाबी गरेका हुन् ।

सीएनएनसँगको कुराकानीका क्रममा शुक्रबार उनले दिएको जानकारी अनुसार अरू १० हजारभन्दा बढी युक्रेनी राष्ट्रसेवक घाइते भएका छन् । घाइते मध्ये कतिपयको अवस्था गम्भीर रहेको र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको पनि उनले बताए ।

मृतक तथा घाइतेहरूले देशको रक्षाका लागि गरेको योगदानको प्रशंसा गर्दै उनले सिंगो युक्रेन आफ्नो रक्षाका लागि प्रतिबद्ध रहेको उल्लेख गरे । झन्डै दुई महिना अगाडि रुसले युक्रेनमाथि आक्रमण गरेकामा विश्वभरबाट विरोध भइरहेको छ ।

प्रकाशित मिति: ४ बैशाख २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्