सत्ता गठबन्धमा सकस : केन्द्रमा मिल्दा स्थानीय तहमा विवाद


 


काठमाडौं, वैशाख २
सत्ता गठबन्धनले यही वैशाख ३० गते स्थानीय तहको निर्वाचनमा ७५३ वटै स्थानीय तहमा चुनावी तालमेल गर्ने निर्णय गरेको छ । गठबन्धनले सातबुँदे आधारलाई स्वीकृत गर्दै चुनावी तालमेल गर्नका लागि आ–आफ्नो पार्टी कमिटीलाई निर्देशनसमेत दिइसकेको छ ।

देशको ६८ भन्दा बढी जिल्लामा जिल्ला समन्वयको बैठक बसेर गठबन्धन गर्ने निर्णय गरिसकेका छन् भने बाँकी रहेका जिल्लामा गठबन्धनको बैठक बस्ने क्रममा छ । चुनावी तालमेल गर्न पार्टी केन्द्रको निर्देशनले स्थानीय तहमा भने सत्ता गठबन्धनमा आबद्ध दलहरूबीच विवाद चुलिँदो छ ।

स्थानीय तहमा वडा अध्यक्ष र नगरपालिकामा नगर प्रमुख÷नगर उपप्रमुख र गाउँपालिकामा अध्यक्ष÷उपाध्यक्षका आकांक्षी धेरै छन् । पार्टीभित्र आकांक्षीको व्यवस्थापन गर्न कठिन भइरहेका बेला गठबन्धनबाट उम्मेदवार टुंगो लगाउन झन् कठिन हुने देखिएको छ ।

केन्द्रमा चुनावी तालमेल गर्ने निर्णय भए पनि कतिपय स्थानीय तहमा भने सरकारको नेतृत्व गरिरेको नेपाली कांग्रेसभित्रैबाट विद्रोहको चेतावनी शुरू भएको छ ।कांग्रेसभित्र शेखर कोइराला नेतृत्वको समूहले सत्ता गठबन्धनबीच चुनावी तालमेल गर्न नहुने पक्षमा आवाज उठाउँदै आएको छ । नेपाल समाचारपत्रबाट

प्रकाशित मिति: २ बैशाख २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्