माओवादी केन्द्रले पठायो गठबन्धनबीच भएको सहमति कार्यान्वयन गर्न विशेष सर्कुलर


 


काठमाडौं, वैशाख १
नेकपा माओवादी केन्द्रले सत्ता गठबन्धनबीच भएको सहमति कार्यान्वयन गर्न पार्टी मातहतका कमिटीलाई विशेष सर्कुलर पठाएको छ । सत्ता गठबन्धनबीच भएको निर्णय र सहमति कार्यान्वयन गराउन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनसहितको सर्कुलर जारीगरेका हुन् ।

सत्ता गठबन्धनमा चुनावी तालमेलको मापदण्ड र आधार तय भएपछि नेकपा माओवादी केन्द्रले पार्टी पंक्तिमा विशेष सर्कुलर पठाएको पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बताए । उनका अनुसार मंगलबार बालुवाटारमा भएको सहमतिपत्रसमेत संलग्न गरेर बुधबार पार्टी पंक्तिमा सर्कुलर पठाइएको हो ।

पाँच दलीय गठबन्धनका बीच सीट बाँडफाँटका लागि जिल्ला स्तरीय संयन्त्रले प्रदेश संयन्त्रलाई सिफारिस गर्ने कुरा उल्लेख गर्दै सर्कुलरमा भनिएको छ – ‘हाम्रो पार्टीबाट संयन्त्रमा पालिकास्तरमा सम्बन्धित पालिकाका इन्चार्ज र अध्यक्ष सहभागी हुने । जिल्ला स्तरीय संयन्त्रमा जिल्ला इन्चार्ज र संयोजक सहभागी हुने र प्रदेश स्तरीय संयन्त्रमा प्रदेश इन्चार्ज र अध्यक्ष सहभागी हुने । गठबन्धनको ७ बुँदे आधारहरू र सिट बाँडफाँटसम्बन्धी ६ बुँदे निर्देशन अनुसार गर्ने ।’ नेपाल समाचारपत्रबाट

प्रकाशित मिति: १ बैशाख २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्