आज नयाँ वर्ष : कस्ताे छ तपाईंकाे राशिफल ?


 


मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज धार्मिक यात्राको योग रहेको छ । परिवारमा सुख सन्तोष छाउनेछ । समस्या आइलागे पनि काममा सफलता हात पर्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज राजनैतिक र सामाजिक कामबाट सफलता पाइनेछ । पठनपाठनका क्षेत्रमा केही सुधार होला । बोलीको प्रभावकारिता बढ्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । नयाँ कमको योजना हुनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । समाजको हितमा पनि मन जानेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । सामाजिक काम बाट सफलता पाइनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज मन्दिर यात्राको योग छ । कुटुम्बको सहयोग मिल्नेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । घरमा अतिथिको आगमन हुनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज कार्य सम्पादनमा सहजता मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । आस्था, उमङ्ग र विश्वास बढेर जानेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभ कार्यको योजना बन्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । महिला वर्गबाट सहयोग मिल्नेछ । पारिवारिक सद्भाव बढ्ला ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज मनमा अधैर्य र कमजोर रहला । घर परिवारमा झैझमेलाको अवस्था आउनेछ । दिनको उत्तरार्धमा खर्च बढ्न पनि सक्छ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) बन्धु बान्धवबाट सहयोग मिल्नेछ । प्रेममा सफलता प्राप्त हुनेछ । कुनै योजनाले मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज मन विचलित हुनसक्छ । दुष्ट व्यक्तिको सङ्गतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनु पर्नेछ । छोटो यात्रा भने हुनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाइएला । श्रमको उचित मूल्याङ्कन हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रकाशित मिति: १ बैशाख २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्