लद्दाख तनाब : भारतले एलएसीबाट पछि हट्ने चीनको प्रस्ताव अस्वीकार गर्‍यो


 


एजेन्सी, चैत्र २८
गत महिना चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणका क्रममा चीनले भारतलाई पूर्वी लद्दाखको गस्ती पोइन्ट १५ बाट सेना हटाउन प्रस्ताव गरेको थियो।

तर भारतले यसलाई अस्वीकार गरेको छ ।

पूर्वी लद्दाख क्षेत्रमा भारत र चीनबीच डेढ वर्षभन्दा बढी समयदेखि तनाव जारी छ। तनाव कम गर्न दुई देशबीच कमाण्डर तहको पटकपटक वार्ता भइसकेको भएपनि हालसम्म समाधान निस्किएको छैन ।

अङ्ग्रेजी पत्रिका द इन्डियन एक्सप्रेसले यो समाचारलाई प्रमुखताका साथ दिएको छ ।

अखबारले सरकारी स्रोतलाई उद्धृत गर्दै  चीनले भारतीय सेनालाई गस्ती पोइन्ट १५ बाट सेना  फिर्ता गर्न प्रस्ताव गरेको थियो। एलएसीमा भारतीय र चिनियाँ सेना आमनेसामने भएका छन् ।

भारतीय दाबीका अनुसार चीनले वास्तविक नियन्त्रण रेखा (एलएसी)बाट आफ्ना सेना फिर्ता गर्ने बताएको थियो।

प्रकाशित मिति: २८ चैत्र २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्