स्थानीय तहको निर्वाचन र आचारसंहिताबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै आयोग


 


काठमाडौं, चैत्र २५
आगामी स्थानीय तहको निर्वाचन र आचारसंहितालगायत विषयमा जानकारी दिन निर्वाचन आयोगले आज पत्रकार सम्मेलन गर्ने भएको छ । आयोगले सबै आयुक्तसहितको उपस्थितिमा आज अपराह्न ५ बजे पत्रकार सम्मेलन गर्न लागेको हो ।

स्थानीय तहको निर्वाचनको आचारसंहिता, निर्वाचन तयारी, मतपत्र छपाइ र अहिलेसम्म भएका कामबारे जानकारी दिन पत्रकार सम्मेलन गर्न लागिएको आयोगले जनाएको छ ।

नेकपा एमालेले निर्वाचन आचारसंहितामा हस्ताक्षर गर्न अस्वीकार गरेर बिहीबार निर्वाचन आयोगमा ६ बुँदे ज्ञापनपत्र बुझाएको छ।

बिहीबारै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले पनि निर्वाचन आयोग पुगेर मतदान प्रक्रियामा सहभागी हुन चाहेका छन् ।

प्रकाशित मिति: २५ चैत्र २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्