धादिङ कांग्रेसमा टिकटको विषयमा नेताबीच कुटाकुट, एक जना पक्राउ


 


काठमाडौं, चैत्र २३
धादिङमा नेपाली कांग्रेसका नेताबीच कुटाकुट भएको छ । स्थानीय तहको निर्वाचनका लागि टिकटका विषयमा विवाद हुँदा उनीहरुबीच कुटाकुट भएको हो ।

हात हालाहाल हुँदा नेपाली कांग्रसका नेता तथा खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ घाइते भएका छन् । आक्रमणबाट उनको अनुहारमा चोट लागेको छ ।

तर उनको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । घटनामा संलग्न एक जनालाई पक्राउ गरेर घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । पक्राउ परेका व्यक्तिको नाम सार्वजनिक गरिएको छैन् ।

प्रकाशित मिति: २३ चैत्र २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्