श्रीलंकामा कर्फ्यु आदेश उल्लंघन गरेर सरकार विरोधी प्रदर्शन


 


एजेन्सी, चैत्र २१
श्रीलंकामा चरम आर्थिक संकटसँगै खाद्यान्न, इन्धन तथा औषधि अभावका कारण सुरु भएको सरकारविरोधी प्रदर्शन चर्कंदै गएको छ । प्रदर्शन रोक्न सरकारले कर्फ्यु आदेश जारी गरे पनि कैयौं सहरमा उल्लंघन भएको छ ।

राजधानी कोलम्बोमा प्रदर्शनकारी र सरकारी फौजबीच झडपहरू भएका छन् । कन्डी सहरमा प्रहरीले दर्जनौं अश्रुग्यास र पानीको फोहरा प्रहार गरेको जनाएको छ ।

सरकारविरोधी प्रदर्शन अनियन्त्रित बन्दै गएपछि राष्ट्रपति गोटाबाय राजापाक्षले ३६ घण्टाका लागि जारी गरेको कर्फ्यु अवधि स्थानीय समयअनुसार सोमबार साँझ ६ बजे सकिँदै छ ।

सम्बन्धित निकायबाट लिखित अनुमतिबिना सडक, उद्यान, रेल वा समुद्री क्षेत्रमा जान रोक लगाइएको छ भने फेसबुक, ट्वीटर, इन्स्टाग्रामजस्ता सामाजिक सन्जाल बन्द गराइएको छ ।

प्रकाशित मिति: २१ चैत्र २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्