रुस–युक्रेन युद्धको एक महिना पूरा, कहाँ कति क्षति भयाे ?


 


एजेन्सी, चैत १०
रुस र युक्रेनबीचको युद्ध सुरु भएको एक महिना पुरा भएको छ । रुसले गत प्रेब्रुअरी २४ का दिन युक्रेनमाथि सैन्य आक्रमण सुरु गरेको थियो ।

नेटोका वरिष्ठ अधिकारीका अनुसार युद्धमा मारिने तथा घाइते हुने रुसी सैनिकको संख्या ३० हजार देखि ४० हजार रहेको छ ।

रुसले मार्च २ पछि युक्रेनसँगको युद्धमा आफ्ना कति सैनिक मारिए तथा घाइते भएका छन् भन्ने सार्वजनिक गरेको छैन ।

रुसले अफगानिस्तानमाथि १० वर्ष कब्जा गर्दा १५ हजार रुसी सैनिक मारिएका थिए ।

युक्रेनले पनि युद्धमा आफ्ना कति नागरिक तथा सैनिकको मुत्यु भयो भन्नेमा स्पष्ट हुन सकेको छैन । युक्रेनका राष्ट्रपतिले करिव दुई साता अघि युद्धमा एक हजार ३०० युक्रेनी सैनिक मारिएको जनाएका थिए ।

युद्धका कारण हालसम्म २० लाखभन्दा बढी युक्रेनीले देश छोडेको जनाइएको छ । उनीहरु छिमेकी देशमा शरणार्थी जीवन विताउन बाध्य भएका छन् ।

प्रकाशित मिति: १० चैत्र २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्