यस्तो छ फागुन ३० गते सोमवारको राशिफल


 


काठमाडौं । आज २०७८ फागुन ३० गते सोमवारको राशिफल ।

मेष

आज कूटनीतिक नियोगको सहयोग मिल्ला । आफन्तको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । धार्मिक यात्राको योग पनि छ ।

मिथुन

आज कुनै समाचारले मनमा शान्ति छाउनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । शत्रु पनि क्षय होलान् ।

सिंह

मनमा निराशा र शरीरमा आलस्य आउला । कार्यमा बाधा आउनसक्छ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । व्यवसायमा मन्दी आउनसक्छ ।

तुला

शुभारम्भको चर्चा चल्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । रोजगारको अवसर पनि मिल्नेछ ।

धनु

आज सानातिना समस्यामा अल्झनुपर्नेछ । स्वास्थ्य क्षेत्रमा सजगता अपनाउनु उचित हुनेछ । काम बिगार्नेको सक्रियता पनि रहने देखिन्छ ।

कुम्भ

चिताएको कामले तीव्रता लिनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ ।

बृष

आज वैदेशिक कार्य अघि बढ्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाइएला । ब्यापार व्यवसायबाट आम्दानी पनि हुनेछ ।

कर्कट

लाभदायक यात्रा हुनेछ । बिना प्रतिस्पर्धा फाइदा हुनेछ । परिवार सँग रमाइलो भेटघाट हुनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ ।

कन्या

आज आँटेको र ताकेको कार्य पुरा होला । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । प्रेमीको सहयोग पनि पाइनेछ ।

बृश्चिक

आज जोशजाँगर र हिम्मत बढ्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । एकपछि अर्को अवसर आउनाले मन पनि प्रसन्न रहनेछ ।

मकर

रोकिएका काम पुनः सुरु हुन सक्छन् । बुद्धिको उपयोगले जटिल कामसमेत सम्पादन हुन सक्छ, तर लत्ता कपडामा खर्च बढ्न सक्छ ।

मीन

आज अतिथिको रूपमा सत्कार पाइन सकिनेछ । भौतिक साधन जुटाउने समय छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा पनि रहला ।

प्रकाशित मिति: ३० फाल्गुन २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्