सत्ता गठबन्धनबाट जनमोर्चा बाहिरियो, कस्तो पर्ला असर ?


 


काठमाडौं, फागुन १६
अमेरिकी सहायता परियोजना (एमसीसी) पारित गरेकोमा असन्तुष्टि जनाउँदै राष्ट्रिय जनमोर्चा सत्ता गठबन्धनबाट अलग भएको छ। जनमोर्चा सरकारबाट बाहिरिएसँगै यसका असरहरु देखा पर्न थालेका छन् ।

जनमोर्चाले सर्मथन फिर्ता लिए गण्डकी प्रदेश सरकार अल्पमतमा पर्ने देखिन्छ । यद्यपि जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको सर्मथन फिर्ता लिए, नलिएको बारे स्पष्ट भइसकेको छैन् ।

यदि सर्मथन फिर्ता लिने निर्णय गरे मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेले विश्वासको मत लिनुपर्ने छ । गण्डकी प्रदेश सरकारमा जनमोर्चाका २ सांसद छन् ।

पोखरेलले गत २ असारमा विश्वासको लिँदा ३१ मत प्राप्त गरेका थिए । ६० सदस्यीय प्रदेश सभामा भए पनि अहिले ५९ सदस्य भएकाले विश्वासको मत पाउन ३० सांसद आवश्यक हुन्छ । जनमोर्चा बाहिरिदा सरकारका पक्षमा २९ मात्रै हुने भएकाले सरकार स्पष्टरुपमा अल्पमतमा पर्छ ।

हाल पोखरेल सरकारलाई कांग्रेसका १५, नेकपा (माओवादी केन्द्र) का ११, जनता समाजवादी पार्टी (जसपा) का दुई, राष्ट्रिय जनमोर्चाका दुई र एक स्वतन्त्र सांसदको साथ छ । प्रदेशसभामा एमालेका २७ सांसद छन् ।

प्रकाशित मिति: १६ फाल्गुन २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्