लिभरपुलको कठिन जित
काठमाडौँ, फागुन २
फाविन्होको निर्णायक गोलमा आइतबार राति लिभरपुलले इङ्लिस प्रिमियर लिग फुटबलमा बर्नलेविरुद्ध १-० को जित निकालेको छ ।
जितसँगै लिभरपुल शीर्ष स्थानको म्यानचेस्टर सिटीमाथि दबाब बढाएको छ । जितपछि लिभरपुल २४ खेलबाट ५४ अंक सहित दोस्रो स्थानमा छ ।
बर्नले २१ खेलबाट १४ अंकसहित तालिकाको तालिकाको पुछारमा छ ।
गएराति भएको अन्य खेलमा उल्भ्सले टोटनहमलाई २-०, न्युक्यासलले एस्टन भिल्लालाई १-० ले पराजित गरेको हो ।
प्रकाशित मिति: २ फाल्गुन २०७८, सोमबार