फागुन ३ गते सार्वजनिक बिदा
बुटबल, फागुन १
लुम्बिनी प्रदेश सरकारले ३ फागुनमा प्रदेशमा सार्वजनिक बिदा दिएको छ । लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश सरकारले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
लुम्बिनी मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मिति: १ फाल्गुन २०७८, आइतबार