प्रेस चौतारी भोजपुरको अध्यक्षमा मोहन
भोजपुर, माघ २८
प्रेस चौतारी नेपाल भोजपुरको अध्यक्षमा मोहन दुराल सर्वसम्मत चयन भएका छन् । शुक्रबार प्रेस चौतारी नेपाल भोजपुरको चौथो जिल्ला अधिवेशनबाट दुरालको नेतृत्वमा सर्वसम्मत ९ सदस्यीय कार्यसमिति चयन भएको हो ।
कार्यसमितिको उपाध्यक्षमा मकर तामाङ र मेनुका लुइँटेल चयन भएका छन् । त्यस्तै सचिवमा प्रदीपचन्द्र राई, उपसचिव बबिता तामाङ र अर्जुन राई रहेका छन् ।
सदस्यहरूमा प्रेमकुमारी खड्का, दिपेश राई र प्रजन राई रहेका छन् ।
प्रकाशित मिति: २८ माघ २०७८, शुक्रबार