एचआइभीको खतरनाक भाइरस फेला


 


वेलिङ्टन, माघ २३
अन्वेषकहरुले नेदरल्याण्ड्समा एचआइभीको अत्यधिक संक्रामक नयाँ भाइरस फेला परेका छन्। अक्सफोर्डका अन्वेषकहरुले हालै नेदरल्याण्ड्समा एचआइभीको अत्यधिक संक्रामक नयाँ भाइरस फेला पारेका हुन्।

सो नयाँ एचआइभी भाइरस दशकौंयताकै अत्यधिक संक्रामक भएको अन्वेषकहरुको खोजले पुष्टि गरेको छ। तर आधुनिक उपचारको प्रभावकारिताको कारण सो नयाँ भाइरस खासै खतरनाक भने नभएको सो खोजले जनाएको छ।

एचआइभी भाइरससम्बन्धी नयाँ खोज बिहीबार प्रकाशित साइन्स नामक जर्नलमा प्रकाशित भएको थियो। अन्वेषकहरुले सो भाइरसको नाम ‘भिवि भेरियन्ट’ राखेका छन्। भिवि भेरियन्ट नामक नयाँ भाइरस एचआइभीजन्य अन्य संक्रामक रोग भएका मानिसमा ३ देखि ५ गुणा बढी तीव्ररुपमा सर्ने बताइएको छ।

हाल नेदरल्याण्ड्समा १०९ मानिसमा नयाँ एचआइभी भेरियन्ट संक्रमण पुष्टि भएको समेत अक्सफोर्डका अन्वेषकहरुले बताएका छन्।

प्रकाशित मिति: २३ माघ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्