तपाईंको आजको दिन कस्तो रहनेछ ? हेर्नुहोस् राशिफल


 


काठमाडौं । आज २०७८ माघ १६ गते आइतबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ ।

सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ?

मेष

आतिथ्यपूर्ण सम्मान पाइएला । वैदेशिक कार्य अघि बढ्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । तर्क, विवाद र प्रतिस्पर्धाबाट भने लाभ हुनेछैन ।

मिथुन

धार्मिक कार्य सफल रहनेछन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । श्रमको उचित मूल्याङ्न हुनेछ । दिनको उत्तरार्ध बढी सुखद् रहनेछ ।

सिंह

अधुरो काम पूरा हुनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । महिला वर्ग बाट विशेष सहयोग मिल्नेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

तुला

आज विद्या र बुद्धिको विकास हुनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्ला । शुभकार्यको चर्चा चल्नेछ । शेयर बजारमा पनि सफलता मिल्नेछ ।

धनु

आज प्रेम सम्बन्ध कसिलो होला । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । दाम्पत्य सुखले प्रफुल्लित गराउनेछ । पुँजी बजारले पनि साथ दिनेछ ।

कुम्भ

प्रेम र मित्रताको बन्धन कसिने बेला छ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । नयाँ कार्यको योजना बन्नेछ । दैनिक कार्यमा सहजता मिल्नेछ ।

बृष

आज आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । घर परिवारमा झैझमेलाको अवस्था पनि आउन सक्छ ।

कर्कट

आज आँटेको र ताकेको कार्य पुरा होला । ठीक समयमा सही निर्णय लिन सकिनेछ । बोलीको प्रभाव पनि बढ्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

कन्या

आम्दानी प्रशस्तै बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता पनि मिल्ला, तर स्वास्थ्य मापदण्डको पालना गर्नु पर्छ ।

बृश्चिक

कुनै समाचारले मनमा शान्ति छाउला । शुभकार्यको चर्चा चल्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

मकर

महत्त्वपूर्ण अवसर गुम्न सक्छ । नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ सचेत रहनुहोला । मन कमजोर पनि रहला, साँझमा भने धन हात पर्ला ।

मीन

आज नयाँ कमको थालनी हुनेछ । धार्मिक यात्राको योग छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । अचल सम्पत्ति पनि हात पर्ला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित मिति: १६ माघ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्