आज पौष २० गते मंगलवारको राशिफल


 


मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज भाग्यमा वृद्धि हुनेछ । सन्तान सुखको योग छ । नयाँ र शुभ समाचार सुन्न पाइनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन पनि सकिनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्ला । अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नेछ । शत्रुपक्ष हावी पनि हुन सक्छन् ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कतै घुम्न जाने योजना बन्न सक्छ । प्राविधिक काममा सफलता मिल्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट सफलता मिल्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज नयाँ नयाँ कार्यको अवसर मिल्नेछ । धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अनावश्यक खर्चबाट बच्न सकिन्छ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । कुनै कुराले मनमा शान्ति छाउनेछ । गरेको कार्यबाट सफलता मिल्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) वचन दिँदा विचार गरेर बोल्नु पर्नेछ । गरेको काममा ढिलासुस्ती हुनेछ । चोटपटकको भय पनि रहला, तर साँझमा कार्य सम्पादन हुनसक्छ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । वैदेशिक क्षेत्रबाट राम्रो हुने र व्यापार र व्यवसाय फस्टाउनेछ । पारिवारिक सद्भाव पनि बढ्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सरुवा र बडुवालको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै नयाँ कार्यको योजना बन्नेछ । रोकिएको धन हातलागी हुनसक्छ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अकस्मात् सफलता पाईन सक्छ, तर अपमानको सम्भावना पनि रहनेछ । दैनिक कार्यहरूमा प्रगति हुनेछ । शैक्षिक क्षेत्र पनि राम्रै रहला ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । दाइभाइ वा मित्रबाट विशेष सहयोग मिल्न सक्छ । शेयर बजारबाट पनि लाभ मिल्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आत्मिक सन्तुष्टि र मन प्रसन्न पनि रहला ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज ठूला व्यक्तिले तपाईँका मेहनतको प्रसङ्ग गर्नेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्, तर विद्या र बुद्धिमा भने ह्रास आउन सक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रकाशित मिति: २० पुस २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्