भारतमा एकै दिन १७ जनामा देखियाे ओमिक्राेन
एजेन्सी, मंसिर २०
भारतमा एकै दिन १७ जनामा काेभिडकाे नयाँ भेरियन्ट ओमिक्राेन भाइरस देखिएकाे छ । पछिल्लाे २४ घन्टामा राजस्थानमा नाै र महाराष्ट्रमा अाठ जनामा ओमिक्राेन देखिएकाे हाे ।
याेसँगै भारतमा ओमिक्राेनबाट संक्रमित हुनेकाे संख्या २१ जना पुगेकाे छ । भारतमा दक्षिण काेरियाबाट आएका र उनहरुकाे सम्पर्कमा रहेका व्यक्तिमा ओमिक्राेन देखिएकाे छ ।
यसअघि कर्नाटकमा दुई जनामा र गुजरात तथा दिल्लीमा एक एक जनामा ओमिक्राेन देखिएकाे थियाे । अहिलेसम्म अमेरिका अस्ट्रेलिया बेलायत नेदरल्यान्डसहित २५ देशमा ओमिक्राेन देखिएकाे छ ।
प्रकाशित मिति: २० मंसिर २०७८, सोमबार