एमाले नेता भीम आचार्यलाई कोरोना संक्रमण
काठमाडौं, मंसिर ११
नेकपा एमालेका नेता भीम आचार्यलाई कोरोना संक्रमण भएको छ । ज्वरो आएपछि चेकजाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।
आचार्यलाई अहिले केही सुधार भएको उनका स्वकीय सचिव अनिल राजधामीले जानकारी दिए । आचार्य चितवनमै छन् ।
प्रकाशित मिति: ११ मंसिर २०७८, शनिबार