कांग्रेस महाधिवेशन प्रतिनिधिमा गिरिजा प्रसाद कोइरालाको उम्मेद्वारी


 


भोजपुर, मंसिर २
नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनको केन्द्रिय प्रतिनिधिको लागि भोजपुरबाट गिरिजा प्रसाद कोइरालाले उम्मेद्वारी दिनु भएको छ । कांग्रेस भोजपुरका लोकप्रिय युवा नेता कोइरालाको उम्मेदवारीलाई निकै चासोका साथ हेरिएको छ ।

नेपाल विद्यार्थी संघको राजनीतिबाट उदाएका कोइरालाले नेविसंघ भोजपुरको संगठन विभाग प्रमुख हुँदै कार्यबहाक सभापतिको जिम्मेवारी सम्हालिसक्नु भएको छ ।

नेपाली कांग्रेसका राष्टिय नेताहरुसँगको सिधा सम्पर्क र पहुँचका कारण कोइरालालाई भोजपुरका का्रग्रेसले विशेष महत्व दिने गरेका छन् । महाधिवेशन प्रतिनिधिको चुनाव यही मंसिर ६ गते हुँदैछ ।

केन्द्रिय प्रतिनिधिका लागि खुल्ला उम्मेदवारी दिनुभएका कोइरलाला यतिबेला चुनावी मैदानमा सक्रिय रहनु भएको छ । नेता कार्यकर्ताहरुसँग भोट माग्न व्यस्त रहनु भएका कोइराला आफूलाई केन्द्रिय प्रतिनिधिमा चुन्नको लागि अपिल समेत गर्नुभएको छ ।

अग्रजलाई सम्मान, युवालाई प्रोत्साहन गर्ने उदेश्यले आफूले उम्मेदवारी दिएको कोइरालाले बताउनुभयो । कोइरालालाई जिताउन नेता कार्यकर्ताहरु सक्रिय रुपमा खटिएका छन् ।

प्रकाशित मिति: २ मंसिर २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्