नागबेलीले ८० प्रतिशत लाभांस र ६० प्रतिशत वाेनस दिँदै
काठमाडाैं, कार्तिक १४
नागबेली लघुवित्त विकास बैंक लिमिटेडले ८० प्रतिशत लाभांस प्रस्ताव गरेको छ। लघुवित्तमध्ये चालु बर्ष सबैभन्दा वढि लाभांस प्रस्ताव गर्ने नागवेली हो।
कम्पनीले यसमध्ये २० प्रतिशत नगद र बाँकी ६० प्रतिशत वोनस सेयर दिने प्रस्ताव गरेको हो। कम्पनीले प्रस्ताव गरेको लाभांस राष्ट्र बैंकबाट स्वीकृत हुन बाँकी छ।
कम्पनीले गत बर्ष ५० प्रतिशत हकप्रद सेयर दिएको थियो। कम्पनीको कार्य क्षेत्र १० जिल्ला हो।
प्रकाशित मिति: १४ कार्तिक २०७३, आइतबार