किम जोङले २० किलो वजन किन घटाए ? यस्तो छ खुफिया रिपोर्ट


 


एजेन्सी, कार्तिक १२
दक्षिण कोरियाको जासुसी एजेन्सीले बिहीबार सांसदहरूलाई उत्तर कोरियाली नेता किम जोङ उनले हालै करिब २० किलोग्राम वजन घटाएको र स्वास्थ्य अवस्था राम्रो रहेको बताएको छ।

एजेन्सीले बिग्रँदै गएको आर्थिक अवस्थासँग जुध्न किम जोङले जनताप्रतिको आफ्नो कर्तव्य पूरा गर्न प्रयास गरिरहेको जनाएकोछ । राष्ट्रिय गुप्तचर सेवा (एनआईएस) ले संसदीय बैठकमा यो जानकारी दिएको हो।

किमको अवस्थाबारे अनुसन्धान गर्न उसले आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि, किमको भिडियोको विश्लेषण र अन्य विधिहरू प्रयोग गरेकोको थियो । किमको स्वास्थ्यमा हालैका महिनाहरूमा विशेष परिवर्तन भएको छ। किनभने उनी सञ्चारमाध्यम देखिएका तस्बिरमा निकै पातलो देखिएको छ ।

पछिल्लो समय किमले अमेरिकाले उत्तर कोरियाप्रति शत्रुतापूर्ण रवैया देखाएको वताउने गरेका छन् । अमेरिकाको गलत निर्णय र कदमले यस क्षेत्रमा लगातार तनाव सिर्जना गरिरहेको उनले बताए ।

प्रकाशित मिति: १२ कार्तिक २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्