विश्वमा आजः राष्ट्रसंघको स्थापनादेखि जाम्बियाको स्वतन्त्रता


 


आज अक्टोबर २४ । आज विश्व इतिहासमा विभिन्न राजनीतिक तथा सामाजिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः

चीनको चन्द्रमामा अभियानसन् २००७ मा चीनको पहिलो लुनार एक्सप्लोरेसन प्रोग्राम सुरु भएको थियो । यस कार्यक्रमअन्तर्गत चीनले मानवरहित यान चेन्ज १ लाई चन्द्रमामा पठाएको थियो । एक वर्षसम्म चन्द्रमाको कक्षमा घुमेपछि सो यान सन् २००९ को २ मार्चमा दुर्घटनामा परेको थियो ।

जाम्बियाको स्वतन्त्रता
सन् १९६४ मा जाम्बिया स्वतन्त्र भएको थियो । स्वतन्त्र हुनुअघि अफ्रिकी देश जाम्बिया बेलायतको अधिनमा थियो ।

राष्ट्रसंघको स्थापना
आजकै दिन राष्ट्रसंघको स्थापना भएको थियो । सन् १९४५ को २४ अक्टोबरमा पाँच स्थायी सदस्य र ४६ सदस्य राष्ट्रले राष्ट्रसंघको चार्टर अनुमोदन गरेपछि राष्ट्रसंघको बिधिवत स्थापना भएको थियो ।

ब्राजिलमा सेनाको कु
सन् १९३० मा ब्राजिलका तत्कालिन राष्ट्रपति वासिंगटन लुइसलाई त्यहाँका सेना प्रमुखले अपदस्थ गरेका थिए । उनी निर्वाचित भएको चार वर्षपछि सेनाले अपदस्थ गरेको थियो ।

प्रकाशित मिति: ७ कार्तिक २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्