हेर्नुहोस् आजको राशिफल


 


वि.सं.२०७८ साल असोज १८ गते । सोमवार । ईश्वी सन् २०२१ अक्टोबर ०४तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । शरद् ऋतु । श्रीशाके १९४२ । आश्विन कृष्णपक्ष । तिथि– त्रयोदशी, बेलुकी ०७ बजेर ३० मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र– पूर्वाफाल्गुनी, रातको ०२ बजेर २७ मिनेट उप्रान्त उत्तराफाल्गुनी । योग–शुभ, दिउसो ०२ बजेर ३७ मिनेट उप्रान्त शुक्ल । करण–गर, बिहान ०७ बजेर ४८ मिनेट उप्रान्त वणिज, बेलुकी ०७ बजेर ३० मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–ध्वज योग । चन्द्रराशि–सिंह । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५८ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४५ मिनेट । दिनमान २९ घडी २७ पला । प्रदोषव्रत,त्रयोदशीश्राद्ध, कलियुगादिसजुम्लामा चन्दननाथको लिंगोत्थान ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) शरिर अस्वस्थ नहुनाले दैनिक कामहरु गर्न सकिने अवस्था रहने छैन । भौतिक सम्पती तथा विलाशी वस्तु उपाहारको रुपमा प्राप्त हुने भएपनि टरेर जानेछ । व्यापारमा मन्दी आउने तथा नयाँ ठाउँमा लगानि नगर्नु नै राम्रो हुनेछ । प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले बाध्यताबस छुट्टिनु पर्ने अवस्था आउनेछ । सन्तान तथा आफन्तसँग मनमुटाब सिर्जना हुनेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) राजनीति तथा समाजसेवामा समय लगानि गर्दै हुनुहुन्छ जनताको काम गर्न नसक्दा आलोचना सुन्नुपर्नेछ । अन्य व्यापार व्यावसायमा मन्दी आए पनि घरजग्गा तथा सवारी साधनको कारोबारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । आमाको स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार व्यावसायमा थोरै समय दिएपनि मनग्गे आम्दानी गर्न सकिनेछ । विवादित विषयहरु हल भएर जानेछन् भने न्यायिक निर्णयहरु तपाईँकै पक्षमा आउनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले अरुभन्दा उत्कृष्ट नतिजा हासिल गर्न सकिनेछ । मन परेको मानिससँग छोटो तथा रमाईलो यात्राको तय गर्न सकिने तथा स्वादिष्ट भोजनमा रमाउन सकिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) शुभचिन्तकको भावनालाई बेवास्ता गर्दा दुःख पाईनेछ । बोलेका कुरा पुरा गर्न नसक्दा अरुले अविश्वास गर्न सक्छन् ध्यान दिनुहोला । प्रेम प्रशङमा मनमुटाव हुने योग रहेकोछ । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । व्यापार व्यावसायमा आम्दानी कम हुनाले लगानी गरीहाल्ने समय रहेको छैन । संगित क्षेत्रमा भने समय राम्रो रहेकोछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) नयाँनयाँ कामको प्रस्ताव आउनेछ भने गरीरहेको कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन प्राप्त हुनेछ । खाजीमुलक क्षेत्रमा रुची बढ्नेछ भने अध्ययनमा भनेजस्तो सफलता चुम्न सकिनेछ । सामाजिक काम गरी ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । प्रेमील जोडिहरुका लागी समय उत्तम रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) खर्च स्थानमा गोचर गर्ने चन्द्रमाले दैनिक खर्च बढाउनेछ भने स्वास्थ्यमा समस्या आई औषधी खर्च बढेर जानेछ । पढाई लेखाईमा मन नजादा अरु भन्दा पछी परिनेछ । व्यापार व्यावसायमा प्रशस्त समय खर्चिए मात्र आम्दानी हुनेछ । लामो दुरिको बिदेश यात्राको गतिलो सम्भावना रहेकोछ भने बिदेशमा बसेर काम गर्नेहरुका लागी समयले साथ दिनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) ईमान्दार तथा लगनशिल भएर लाग्नाले समाजमा राम्रा काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । कार्यक्षेत्रमा प्रतिष्ठित काम गरी सबैको ध्यान केन्द्रित गर्न सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ भने शिक्षा क्षेत्र तथा वित्तीय क्षेत्रमा समय लगानी गर्नेहरुका लागी समय फलदायी रहेकोछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेकोछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) सामाजिक काम गरी ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । व्यावसायमा लगानीका प्रस्ताव आउने तथा मनग्गे धन आर्जन गर्न सकिने हुनाले जीवन शैलिमा परिवर्तन हुनेछ । पढाइमा मन जानेछ भने पढाइकै सवालवा लामो दुरीको यात्राको तय हुनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । कृषी तथा पशुपालन क्षेत्रमा लगानी बढाई आम्दानी वढाउन सकिनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) दैनिक काम बिचमै रोक्नु पर्दा आर्थिक भार पर्न सक्छ । व्यापार व्यावसायमा नाँफा कमाउन निकै नै समय खर्चनु पर्नेछ । माया प्रेममा धोका हुनेछ भने आस्वासन बाढ्नेहरु सक्रिय हुनेछन् । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ । पढाइ रोकिन सक्छ ध्यान दिनुहोला । तरपनि धार्मिक प्रतिष्ठान तथा मन्दीरको यात्रा गरी टिका तथा प्रशाद ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) खानपान तथा मौषमको ध्यान दिनहोला समय मध्ययम रहेकोछ । आफन्त तथा दिदी बहिनीसँग मनमुटाव सिर्जना हुनेछ । गोप्य फाईल बाहिर आउने हुनाले ईज्जत प्रतिष्ठा जोगाउन हम्मे हम्मे पर्नेछ । माया प्रेममा धोका तथा अविस्वास हुनेछ । शिक्षा तथा पढाइ लेखाइमा मन नजादा प्रतिस्पर्धीहरुभन्दा पछी परिनेछ । व्यापारमा मन्दी आउनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) प्रेमको बन्धन कसिलो हुने तथा जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिने तथा व्यापार विस्तारको सवालमा यात्राको तय हुनेछ । ईष्टमित्र तथा सहयोगीले साथ दिनेहुँदा दैनिकी सहज रुपमा बित्नेछ । भौतिक स्रोत साधनको प्रयोग गरी अपडेट हुन सकिनेछ भने पढाइ लेखाइमा प्रगती हुनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) अरुको सहयोग पाईने तथा आफन्तको बिश्वास जितेर काम गर्न सकिने हुनाले मन प्रशन्न हुनेछ । विवाद,प्रतिस्पर्धामा तपाईको जित निश्चित रहेकोछ । अध्ययनमा मन जानेछ भने भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहने जोडीहरुका लागी समय उत्रम रहेकोछ । साहशिलो काम गरेर लाभ लिन सकिनेछ ।

प्रकाशित मिति: १८ आश्विन २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्