जापानीहरुको समूह किन जुट्यो लक्ष्मीपूजामा ?
काठमाडौं, कात्तिक १३
विश्वशान्तिको कामना गर्दै जापानीहरुको एक समूह काभ्रेको धुलिखेलमा महालक्ष्मीपूजामा जुटेको छ ।
जापानी गुरु हारदा आयातोशिको नेतृत्वमा ५२ जना जापानीहरुको टोली पूजामा जुटेको हो ।
विश्वमा भइरहेको हत्या, हिंसाबाट आम मानवजगतलाई शान्तिको बाटोमा अगाडि बढाउन र मृतआत्माको चिरशान्तिको कामना गर्न पूजा आयोजना गरिएको हो ।
यो समूहले नपालका विभिन्न धार्मिकस्थलमा पूजा आयोजना गर्दै आएको छ ।
प्रकाशित मिति: १३ कार्तिक २०७३, शनिबार