मन्त्री छान्न माओवादी केन्द्रको बैठक बस्दै


 


काठमाडौं, असोज १७
सरकार विस्तारबारे छलफलका लागि सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक बस्दैछ। आइतबार बस्ने बैठकमा पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नामका विषयमा छलफल हुने एक नेताले जानकारी दिए।

यसअघि शनिबार बसेको स्थायी समितिको बैठकमा मन्त्रिपरिषदमा सहभागी हुने सदस्यका बारेमा कुनै छलफल नभएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका थिए।

शनिबारको बैठकमा अखिल (क्रान्तिकारी)को नेतृत्वको विषयमा छलफल भएको थियो। क्रान्तिकारीका अध्यक्षका प्रत्यासी धेरै भए पनि उनीहरु सबै आफैँमा योग्य भएकाले उनीहरुको बारेमा छलफल भएको थियो।

माओवादीका नेताहरुका अनुसार क्रान्तिकारीको अध्यक्षको चयन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ। यस्तै विशेष समितिका रहने सदस्यका बारेमा समेत बैठकमा छलफल भएको थियो।

प्रकाशित मिति: १७ आश्विन २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्