तपाईँको आजको दिन शुभ, अशुभ कस्तो हुनेछ ? हेर्नुहोस् राशिफल


 


वि.सं.२०७८ साल असोज १२ गते । मंगलवार । ईश्वी सन् २०२१ सेप्टेम्बर २८ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । शरद् ऋतु । श्रीशाके १९४२ । आश्विन कृष्णपक्ष । तिथि–सप्तमी, दिउसो ०३ बजेर ०५ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–मृगशिरा, बेलुकी ०६ बजेर ५९ मिनेट उप्रान्त आद्र्रा । योग–व्यातिपात, बेलुकी ०५ बजेर २५ मिनेट उप्रान्त वरियान । करण–बव, दिउसो ०३ बजेर ०५ मिनेट उप्रान्त बालव, रातको ०४ बजेर ०२ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–राक्षस योग । चन्द्रराशि–मीथुन । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५६ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५२ मिनेट । दिनमान २९ घडी ५२ पला । अष्टमीव्रत, महालक्ष्मीव्रत समाप्ती ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) खेलकुद तथा आट,शाहस तथा पराक्रमी क्रियाकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउन सकिनेछ । अदालतबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछ । लेखन,कला तथा साहित्यको क्षेत्र आजको दिन राम्रो रहेकोछ । प्रेम सम्बन्धहरुमा आत्मियता थप प्रगाड हुनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने व्यापारकै शिलशिलामा छोटो दुरिको यात्रा हुनेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) रमाईलो यात्रा गर्ने अवसर जुर्ने तथा यात्राका क्रममा साथिभाईका साथमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । रमाईलो गर्दा गर्दै पढाइ लेखाइमा समय दिन नसक्दा अरु भन्दा पछी परिन सकिन्छ ध्यान दिनुहोला । बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् भने मोटिभेसन,काउन्सेलिङ तथा बोलेर गर्ने व्यावसाय फस्टाएर जानेछ । व्यापार व्यावसायमा समय दिन सके मनग्गे आम्दानी हुनेछ भने भौतिक सम्पती तथा धातु संग्रह गर्न सकिनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) अनाबस्यक विवादले समस्या निम्त्याउँन सक्छ ध्यान दिनुहोला । राजनीति तथा समाजसेवामा समर्थन भन्दा आलोचना बढि हुनेछ । नया प्रबृधिको प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्यमय रहेकोछ । भोगबिलास तथा रमाईलो क्षेत्रमा खर्च बढ्नेछ भने स्वास्थ्यमा समस्या आउँनेछ । मनमा दोधार तथा निर्णय क्षमतामा कमि आउँनेछ । व्यापारमा प्रशस्त समय लगानि गरेपनि आम्दानी कम नै हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) खर्च बढेपनि उपलव्धी मुलक कामहरु हुनेछन् । लामो दुरिको विदेश यात्राको अधिक सम्भावना रहेको छ । विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ भने विदेशमा बसेर धन कमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । समयमा कामहरु फत्ते गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्वन्धी समस्या आउन सक्छ । पढाइ लेखाइमा ध्यान नदिदा अरुभन्दा पछी परिनेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) स्रोत साधन जुट्नाले कार्यक्षेत्रमा राम्रा काम गरी नाम कमाउन सकिनेछ । लामो समयदेखी रोकिएर बसेका कामहरु सम्पादन हुने तथा कार्य क्षेत्रमा नयाँ जिम्मेवारी थपिनेछ । व्यापार व्यावसाय फस्टाउनाले आम्दानी बढ्नेछ । अध्ययनमा सुधार हुने तथा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) शुभचिन्तक तथा परिचित व्याक्तीबाट सहयोग जुट्नाले काम गर्न सहज हुनेछ । कार्यक्षेत्रमा राम्रो काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । पुर्खौली धन तथा सम्पतीको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ । पुराना विवादलाई सल्टाउन तपाईँको महत्वपूर्ण भूमिका हुने तथा लोकप्रियता चुलिनेछ । अध्ययनमा मन जानेछ । प्रणय सम्बन्धमा पथ प्रगाडता थपिनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) पढाइ लेखाइमा राम्रो प्रगती गर्न सकिनेछ भने पढाइ कै सवालमा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा रुची बढ्नेछ । सानो लगानीबाट सुरु गरीएको व्यापार फस्टाएर जाने तथा मनग्गे फाईदा कमाउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । धर्म सस्कृती तथा रितीरिवाज जर्गेना गर्ने काममा तपाईँको सहभागिता हुनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) भौतिक वस्तु तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । आफन्त तथा साथी भाईसँग मनमुटाव सिर्जना हुने योग रहेकोछ । व्यापारमा लगानी गरीहाल्ने समय नरहेकोले गरीरहेको कामलाई निरन्तरता दिनुहोला । माया प्रेममा एक अर्कालाई शंका गर्नाले छुट्टिनुपर्ने बाध्यता आउनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) साथ दिने तथा सहयोग गर्नेहरुले हात झिक्नाले चिताएको काम बिलम्ब गरी सम्पादन हुनेछ । सामान्य काममा श्रम तथा समय खर्च हुनेछ भने अरुको काममा समय खर्च हुनेछ । बिलाशी बस्तु तथा भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला । अध्ययनमा मन नजानाले अरुभन्दा पछी परिनेछ । जीवन साथिको सहयोग नपाईनाले व्यापार व्यावसायमा भनजस्तो आम्दानी हुनेछैन ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सत्रुमाथि वीजय गर्न सकिनेछ तथा आट,शाहस,हिम्मतले कामहरु सम्पादन हुनेछन् । अध्ययनमा एक कदम अगाढि बढि नतिजा हात पार्न सकिनेछ । पुराना ऋण तिर्न सकिने तथा रोग केही भए विशेक हुनेछ । मामा मावली पक्षसँग बिग्रेका सम्बन्ध सुधार हुनेछ । पछीसम्म आम्दानी भईरहने व्यावसाय सुरु गर्न सकिनेछ । प्रेमको डोरो कसिलो हुनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिद्या तथा प्रतिस्पर्धामा सहपाठिहरुलाई पछी पार्दे पुरस्का तथा प्रशंसा पत्र हात पार्न सकिनेछ । शिक्षा क्षेत्रसँग सम्वन्धीत व्यापार व्यावसाय फस्टाएर जानेछ । भाग्यले प्रेमपात्र जुराउनेछ भने मन परेका मानिसबाट उपाहार प्राप्त हुनेछ । सन्तान तथा आफन्तले सहयोग गर्ने हुदा मन प्रशन्न हुनेछ । आत्मबल बढ्नेछ भने सामाजिक मान सम्मान तथा मर्यादामा अभिवृद्धि हुनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) राजनीति तथा समाजसेवामा समय लगानी गर्दै हुनुहुन्छ जनताको काम गर्न नसक्दा आलोचना सुन्नुपर्नेछ । अन्य व्यापार व्यावसायमा मन्दी आएपनि घरजग्गा तथा सवारी साधनको कारोबारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । आमाको स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । प्रेममा आजको दिन नजिक नहुँदा नै राम्रो हुनेछ ।

प्रकाशित मिति: १२ आश्विन २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्