कमल थापाले भने : भ्रष्टाचार र ब्रम्हलुटलाई सरकारले वैधानिकता प्रदान गर्‍यो


 


काठमाडौं, असोज ५
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले भ्रष्टाचार र ब्रम्हलुटलाई सरकारले वैधानिकता प्रदान गरेको आरोप लगाएका छन्।

सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष थापाले पूर्वाधारमा लगानी गर्दा आयस्रोत नखोजिने व्यवस्था गरेर सरकारले भ्रष्टाचार र ब्रम्हलुटलाई वैधानिकता प्रदान गरेको भन्दै अकुत कालो धनलाई चोख्याउने सरकारको निर्णयको विरोध गरेका छन्।

‘पूर्वाधारमा लगानी गर्दा आयस्रोत नखोजिने व्यवस्था गरेर वर्तमान अपवित्र गठबन्धन सरकारले भ्रष्टाचार र ब्रम्हलुटलाई संस्थागत र वैधानिकता प्रदान गरेको छ,’ उनले सामाजिक संजालमा भनेका छन्, ‘भ्रष्टाचार गरेर आर्जन गरिएको अकुत कालो धनलाई चोख्याउने सरकारको यस निर्णयको विरोध र भर्त्सना गर्दछु। यो निर्णय तत्काल फिर्ता गरियोस्।’

प्रकाशित मिति: ५ आश्विन २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्