चुनौती लिन आफुले आँट गरेको भन्दै यस्तो गरिन् करिष्मा मानन्धरले
काठमाडौं, कात्तिक १३
सदाबार नायिका करिष्मा मानन्धरले जीवनको परिभाषालाई अर्थ्याउँदै फरक शैलीको डिजाइनर ड्रेसको पहिरन लगाएर एक कार्यक्रममा उपस्थित भएकी छिन् ।
शनिबार बिहान आफ्नो फेसबुकमार्फत नयाँ फोटोहरु सार्वजनिक गर्दै भनेकी छन् ‘जीवन भनेको नयाँ गर्न खोज्नु र नयाँ चुनौती लिनसक्नु हो ।’
त्यसैले आफूले आँट गरेर डिजाइनर बाबा का नामले प्रसिद्ध विश्व गौतमको पहिरन लगाएको उनले बताएकी छिन् ।
उक्त पहिरन लगाएपछि उनले यो पहिरनले आफुलाई निकै अनौठो र फन्नी देखाएको बताउँदै पहिरनका लागि डिजाइनर बाबालाई धन्यवाद लिएकी छन् ।
प्रकाशित मिति: १३ कार्तिक २०७३, शनिबार